एमालेको ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको ओलीले उद्घाटन गर्दै
नेकपा एमालेले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्माओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्ने भएका छन् ।
पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने उक्त कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमाले दुई दिने प्रशिक्षणको समय तालिका र स्थान यसअघि नै सार्वजनिक गरिसकेको छ ।
जसमा प्रदेश नम्बर १ मा फागुन १ र २, विराटनगर हुनेछ भने मधेस प्रदेशको फागुन ३ र ४, जनकपुर तथा वागमती प्रदेश– फागुन ६ र ७ गते काठमाडौंमा हुनेछ । त्यसैगरी गण्डकी प्रदेशको प्रशिक्षण फागुन ८ र ९ पोखरा, लुम्बिनी प्रदेशको फागुन ११ र १२, बुटवल/दाङ, कर्णाली प्रदेशको फागुन १४–१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशको फागुन १६–१७, धनगढीमा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण