प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता भएसँगै एमालेले काठमाडौं बोलायो सांसदहरुलाई
आइतबार, ०१ फागुन २०७८, १२ : २५
नेकपा एमालेले सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले सबै सांसद र शीर्ष नेताहरुलाई काठमाडौं बोलाएको हो ।
एमालेले सत्तारुढ दलले महाभियोग प्रस्ताव ल्याएपछि यसबारे पार्टीमा छलफल गर्ने बताइएको छ । नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग गर्दा भएको हो । महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् ।
महाभियोगको प्रस्तावकमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ रहेका छन् । यसमा कूल ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ । संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार बिहान ११ बजेर १० मिनेटमा जाँदा महाभियोग दर्ता गरिएको हो । पाण्डेका अनुसार यो फरक प्रकृतिको प्रस्ताव रहेका कारण यसको दर्ता नम्बर १ रहेको पनि रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण