शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘प्रत्यक्ष दोहोरी कलाकार संघ’ को नेतृत्वमा रविन

आइतबार, ०१ फागुन २०७८, १३ : ५७
आइतबार, ०१ फागुन २०७८

‘प्रत्यक्ष दोहोरी कलाकार संघ’ को अध्यक्षमा रविन लामिछाने चुनिएका छन् । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले लामिछानेलाई एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । सोही समारोहमा संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला) मा मीना बुढाथोकी चयन भएकी छन् । 

अधिवेशनले ४७ सदस्यीय कार्यसमिति तयार गरेको छ । जसको महासचिवमा प्रकाश पराजुली, उपमहासचिवमा रेशम निर्दाेष, सचिवमा वसन्त विक, महिला सचिवमा टीका सानु, कोषाध्यक्षमा मानसिंह खड्का र सह कोषाध्यक्षमा सुमन थापा रहेका छन् ।

त्यस्तै सदस्यमा भीम पौडेल, सविन आचार्य, प्रितम पोखरेल, बालकुमार श्रेष्ठ, शोभा कार्की, शंकर क्षेत्री, अस्मिता डल्लाकोटी, रीता राउत, तारा थापा, सुष्मा ठकुरी, जीवन सिग्देल, अमृता लामिछाने, रत्न श्रेष्ठ, टेकराज भण्डारी, निशान्त विक, जीवन कँडेल, सुमन खड्का, विवेक धिताल, डिलबहादुर तिरुवा, हेमन्त खत्री, पवित्रा सर्तुङ्गीमगर, राम परियार, गणेश कँडेल, प्रसन्न पाठक, दिलीप विक, प्रकाश रसाइली, प्रकाश परियार, लक्ष्मण पौडेल, वीरसिंह सुनार, शर्मिला बीसी, कामना ओली, धिरज कोइराला, सविन कोके गुरुङ, अमृत सापकोटा अटाएका छन् ।

लाइभ दोहोरी गाउने कलाकारको हकहितका लागि भनेर गठन भएको संघले यसका विकृति, विसंगती बिरुद्ध  पनि आवाज उठाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप