कमल थापालाई राजेन्द्र लिङ्देनले दिए बधाई
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । उनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना पनि दिएका छन् । ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
पार्टीको गत निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै थापाले छानबिनको माग गर्दै आएका थिए । तर सो मागको सुनुवाइ नभएपछि उनी पार्टीबाटै अलग भएका हुन् । लिङ्देनले थापाको पार्टी परित्यागलाई अप्रत्यासित भएको भन्दै फर्किन आग्रह गर्दै आएका थिए ।
यसैबीच राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष भएको भन्दै कमल थापालाई बधाई दिएका छन् । उनले पुरानो राप्रपा नेपालको संस्थापक अध्यक्ष रवीन्द्रनाथ शर्मा भएको र अहिले सो पार्टी अस्तित्वमा नरहेकाले कोही भ्रममा पर्न नहुने बताएका छन् ।
‘हामी समेतले रगत पसिना बगाएको त्यो राप्रपा नेपाल राप्रपामा विलय भइसकेको छ । राप्रपामा विलय भइसकेपछि अस्तित्वमा नरहेको र नयाँ गठन भएको राप्रपा नेपालको संस्थापक अध्यक्ष लाक्पा तामाङ हुन् । लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष हुनुभएकोमा कमल थापालाई हार्दिक बधाई’, श्रेष्ठले भने, ‘लाक्पाले अहिले जिम्मा लगाएको राप्रपा नेपाल विचार, सिद्धान्त र कुनै पनि दृष्टिले त्यतिबेलाको राप्रपा नेपाल नरहेकाले कोही भ्रममा नपर्न अनुरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण