आगोमा जलेर एक वृद्धको मृत्यु
सोमबार, ०२ फागुन २०७८, १० : ३५
सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।
आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको हो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
-
गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण