शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुर नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

मङ्गलबार, ०३ फागुन २०७८, ०९ : ३६
मङ्गलबार, ०३ फागुन २०७८

स्थानीय तहको निर्वाचन २०७४ मा भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशी विजयी भएकी थिइन् । नगरप्रमुखमा २५ हजार ७ सय ३० मत ल्याएर प्रजापति निर्वाचित भएका थिए भने उपप्रमुखमा निर्वाचित भएकी जोशीले २५ हजार ७ सय ११ मत ल्याएकी थिइन् । 

नगरप्रमुख पदका लागि सुवालका प्रतिस्पर्धीहरू काँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५ सय ६० मत, माओवादी केन्द्रका विष्णु प्रसाद सुवालले ४ हजार २ सय १८ मत, राप्रपाका रविकृष्ण श्रेष्ठले ९ सय १५ र राष्ट्रिय जनमोर्चाका रामभक्त किजूले ५ सय ४९ मत ल्याएका थिए । 

उपप्रमुखका लागि जोशीकी प्रतिस्पर्धी काँग्रेसकी गंगालक्ष्मी अवालले ६ हजार ५ सय ८७ मत, एमालेकी कृष्णमाया बोयजुले ४ हजार ६ सय ३१, माओवादी केन्द्रका सुनील गोठेले २ सय ७६ र राष्ट्रिय जनमोर्चाकी अमिता गोसाईले ५ सय ४० मत ल्याएकी थिइन् । यस्तो छ भक्तपुर नगरपालिकामा वडागत आधारमा राजनीतिक दलहरूले पाएको मत परिणाम :  

वडा नं. १ : 

वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका श्याम कृष्ण खत्री १३ सय ७६ मत ल्याएर निर्वाचित

काँग्रेस : ५ सय ४ मत 

एमाले : ४ सय ३८ मत 

राप्रपा : ४ सय ३४ मत

माओवादी केन्द्र : २ सय ७६ मत 

वडा नं. २ : 

वडा नम्बर २ मा नेमकिपाका हरिप्रसाद बासुकला २८ सय ८१ मत ल्याएर निर्वाचित 

काँग्रेस : ९ सय ४३ मत

माओवादी केन्द्र : ४ सय ४२ मत

एमाले : ३ सय ७१ मत

वडा नं. ३ : 

नेमकिपाका राजकृष्ण गोरा १६ सय ६६ मत ल्याएर विजयी 

काँग्रेस : ११ सय ४० मत

एमाले : ५ सय ५८ मत 

माओवादी केन्द्र : २ सय ५७ मत 

राप्रपा १६ मत 

वडा नं. ४ : 

नेमकिपाका कुमार चवाल ३३ सय ९८ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेस : ११ सय ७ मत

एमाले : ३ सय १९ मत

माओवादी केन्द्र : २ सय ९ मत

संघीय समाजवादी फोरम नेपाल : २९ मत 

वडा नं. ५ : 

यो वडामा नेमकिपाका प्रेम कर्माचार्य १९ सय ९२ मत ल्याएर निर्वाचित भएका थिए । 

काँग्रेस : ८ सय ५३ मत

एमाले : ४ सय ४१ मत 

माओवादी केन्द्र : ४ सय ८० मत 

राष्ट्रिय जनमोर्चा : १ सय २८ मत 

वडा नं. ६ : 

यो वडामा नेमकिपाका हरिराम सुवाल २५ सय १ मत ल्याएर निर्वाचित भएका थिए । 

एमाले : ५ सय ८ मत 

माओवादी केन्द्र : ४ सय ८९ मत 

काँग्रेस : ३ सय ४९ मत 

वडा नं. ७ : 

यो वडामा नेमकिपाका उकेश कावां ३ हजार ९ सय मत ल्याएर विजयी भएका थिए । 

एमाले : ४ सय ३८ मत

काँग्रेस : २ सय ८८ मत

राप्रपा : ७१ मत 

वडा नं. ८  

यो वडामा नेमकिपाका महेन्द्र खायमली १९ सय ७३ मत ल्याएर विजयी भएका थिए । 

एमाले : ४०४ मत 

काँग्रेस : ११५ मत

माओवादी केन्द्र : ५४ मत 

वडा नं. ९ : 

यो वडामा नेमकिपाका रवीन्द्र ज्याख्व ३३ सय ५५ मत ल्याएर विजयी भएका थिए । 

एमाले : ६ सय ९४ मत

काँग्रेस : ५ सय ३१ मत

माओवादी केन्द्र : २ सय १ मत 

राप्रपा : १ सय ११ मत 

वडा नं. १० : 

यो वडामा नेमकिपाका लक्ष्मीप्रसाद हयौमिखा २२ सय २९ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेस : ४४९ मत

एमाले : ३५८ मत

माओवादी केन्द्र : १२८ मत

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप