सडकमा संसद् : तस्बिरमा हेर्नुहाेस् युवा संघको प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमुना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद्’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो ।
नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघले निरन्तर आन्दोलन गर्दै आएको बताए।

उनले गठबन्धन सरकारले १४ जना सांसद पद जोगाउन तथा सभामुखको पद जोगाउनको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएकाले सडकमा आउनु परेको बताए । सरकारले सत्ता गठबन्धन टिकाउनको लागि देशको विधि प्रक्रिया,पद्धति प्रणालीको विरुद्धमा धावा बोल्ने र नेपाललाई सधैँ आफ्नो स्वार्थको बन्धक बनाउने प्रयासको विरुद्ध युवा संघ सडक आएको पनि पौडेलले बताए ।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले संसदीय मर्यादा उल्लङ्घन गर्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् । प्रदर्शनमा पार्टी फुटाउन पाइँदैन,संसदीय मर्यादा उल्लङ्घन गर्ने सभामुख राजीनामा दे । हत्यारा सभामुख राजीनामा दे, गैर सांसदलाई संसद्मा निषेध गर , पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर लगायतका नारा लगाएका थिए ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण