शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

यस्तो रोगका सिकार भएका थिए बप्पी लहरी

बुधबार, ०४ फागुन २०७८, ११ : ००
बुधबार, ०४ फागुन २०७८

बलिउडमा नयाँ वर्ष सुरु भएदेखि नै दुःखका समाचारहरु आइरहेका छन् । हालै मात्र स्वरकी रानी लता मंगेशकरको निधन भएको थियो । लतापछि  चर्चित  बंगाली गायिका सन्ध्या मुखर्जीको पनि निधनको समाचार आएको छ । अब बप्पी लहरी पनि यस दुनियाँबाट बिदा भइसकेका छन् । बप्पी लहरी मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना भएका थिए । जसरी बप्पीको निधनको खबर प्राप्त भयो यो कसैलाई एकिन नै हुन सकेन । जो कोही पनि यो खबर गलत होस् भन्न थालेका छन् । तर, बप्पीको निधन पुष्टि भएपछि फिल्म इन्डस्ट्रिदेखि फ्यानमा सन्नाटा छाएको छ ।

क्रिटिकेयर हस्पिटलका निर्देशक डा दीपक नामजोशीले पीटीआईलाई बप्पी लहरीलाई के कुराको अप्ठेरो थियो र के कारणले निधन भएको थियो भन्ने बताएका छन् । डाक्टरले भने,‘बप्पी लहरी अस्पतालमा एक महिनादेखि भर्ना भएका थिए । उनलाई सोमबार डिसचार्ज गरिएको थियो । तर मंगलबार उनको अवस्था बिग्रिएको थियो । बप्पिको परिवारले डाक्टरलाई घरमै बोलाए । बप्पीलाई तुरुन्त अस्पताल लगियो । डाक्टरका अनुसार बप्पीको स्वास्थ्य सम्बन्धि धेरै समस्या थियो । उनको निधन ओएसए (अब्सट्रक्टिभ स्लीप अपनिया) का कारण भएको थियो ।

के हो ओएसए ?

ओएसए निद्रा पुरा नहुनाले हुने कारणको बिरामी हो । यसमा निद्राको अवधिमा सास लिनमा पटक–पटक रोकावट आउँछ । यस कारणले तौल मात्रै बढ्ने होइन कि रगतमा चिनीको मात्रा बढ्यो भने अक्सिजनको लेभल पनि घट्न जान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप