अमेरिकी रकस्टार एल्भिससँग प्रभावित भएर सुन लगाउँथे बप्पी लहरी : ३२ करोडको सम्पत्ति, ६४ लाखको गहना
बलिउडलाई रक र डिस्कोसँग परिचित गराएर पुरै देशलाई आफ्नो धुनमा नचाउने बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बप्पी आफ्नो भिन्न शैलीको गीत र सुनको गहनका लागि चर्चित थिए ।
उनीसँग सम्बन्धित केही रोचक जानकारीबारे थाहा पाऔा ।
सन् १९५२ को नोभेम्बर २७ मा कोलकातामा जन्मिएका बप्पीको झुकाव सानैदेखि सङ्गीततर्फ थियो । बाल्यकालदेखि नै बप्पीको रगतमा सङ्गीत दौडन्थ्यो र तीन वर्षको उमेरदेखि नै उनले तबला बजाउने सिकेका थिए ।
बप्पीलाई डिस्को सङ्गीतको बादशाह भन्दा पनि गलत हुँदैन । फिल्म उद्योगमा सबै राम्रा म्युजिक कम्पोजर बप्पीको प्रतिभासँग कायल थिए ।
संघर्षका दिनमा पाएका थिए एल्भिस प्रेसलीबाट प्रेरणा
बप्पीले एक पुरानो अन्तर्वार्तामा नाडी, औँला र घाँटीमा सुनका मोटो गहना लगाउनुको कारण बताएका थिए । बप्पी अमेरिकन रक स्टार एल्भिस प्रेसलीका ठूला प्रशंसक थिए ।
एल्भिस आफ्नो प्रस्तुती दिँदा सुनको सिक्री लगाउँथे । एल्भिसलाई नै देखेर बप्पीले सफल भएपछि आफ्नो एउटा छुट्टै छवि बनाउने सपना बुनेका थिए ।
सफलता पाएपछि बप्पीले सुन लगाए, जसका कारण उनलाई भारतको ‘गोल्ड म्यान’को नामबाट चिनिन थालियो । उनी सुन आफ्ना लागि भाग्यशाली भएको मान्दथे ।
बप्पी लहरीसँग थियो कति सुन चाँदी ?
डिस्को डान्सर गायक बप्पीले सन् २०१४ मा भएको लोकसभा चुनावमा दावेदारी पेश गरेका थिए । नामाङ्कनको समयमा गायकले आफ्नो कुल सम्पत्ति र सुन चाँदीको विवरण दिएका थिए । यो अवधिमा उनले आपूmसँग ७५२ ग्राम सुन र ४.६२ किलो चाँदी भएको बताएका थिए । यो विवरण उनले ६ वर्ष अघि दिएका थिए ।
बप्पीको ६४ लाख रुपैयाँको छ सुनचाँदीकोः
बप्पी लहरीसँग ७५४ ग्राम सुन र ४.६२ किलो चाँदी छ । जस अनुसार बप्पीसँग ४० लाख भारु अर्थात् ६४ लाख रुपैयाँको सुन छ । कुल सम्पत्तिको कुरा गर्ने हो भने बप्पीको ३२ करोड रुपैयाँको सम्पत्ति छ ।
श्रीमती चित्रानीसँग छ बप्पी भन्दा बढी सुन
बप्पीजस्तै उनकी पत्नी चित्रानी लहरी पनि सुन र हिराकी सौखिन छिन् । सन् २०१४ मा उनले दावेदारी दिँदै आपूmसँग बप्पीभन्दा ९६७ ग्राम बढी सुन, ८.९ किलो चाँदी र ६ लाख ४० हजार रुपैयाँको हिरा भएको विवरण पेश गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण