प्रहरीमा ३ एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।
सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । मन्त्रिपरिषद्मा पेश गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरिएको छ ।
अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको छ । दरबन्दी थप भएसँगै बढुवा हुने ३ जना एआईजीहरुले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । अहिलेका आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
आधा दर्जन प्रतिस्पर्धामा
प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको एआईजी पदमा बढुवा हुन आधा दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् । मेरिट लिस्टको १ नम्बरमा घनश्याम अर्याल छन् । केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । डीआईजीहरू प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, वसन्त लामा, रविन्द्र धानुक र उत्तमराज सुवेदी एआइजी हुने दौडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण