हारबाट जोगियो बायर्न
बिहीबार, ०५ फागुन २०७८, ०७ : ३१
६ पटकको विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । बुधबार राति रेडबुल साल्जबर्गविरुद्धको खेलमा किंग्लसले कोमानले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई स्तब्ध हुनबाट जोगाएका हुन् । कोमानले खेलको ९० औँ मिनेटमा थोमास मुलरको पासमा गोल गरेपछि अन्तिम–१६ खेलको पहिलो लेग १–१ को बराबरीमा सकियो ।
यसअघि पहिलो हाफमा चुक्वुबुइके अडामुले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए । टोली पहिलो पटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।
उता, बायर्न केही दिनअघि मात्र बुन्डेस लिगामा घरेलु मैदानमा बोचुमसँग ४–२ गोलले पराजित भएको थियो । बुधबारको खेलमा पराजित भएको भए बायर्नले सन् २०१९ पछि पहिलोपटक लगातार दुई खेलमा हार बेहोर्ने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण