मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै
बिहीबार, ०५ फागुन २०७८, १० : ३७
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ ।
मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । जारी लिगमा दुई खेल बाकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव आएको छैन : कोशी प्रदेशसभा सचिवालय
-
राजनीतिक जीवनको कठिन मोडमा प्रचण्ड
-
स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापनाको आवश्यक : मन्त्री अर्याल
-
माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन
-
वाइ वाइ : स्वादसँगै गुणस्तरमा अब्बल
-
सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ हुँदा जे देखियो, तस्बिरहरु