गठबन्धनको निर्णायक बैठकअघि प्रचण्ड–माधव छलफलमा
बिहीबार, ०५ फागुन २०७८, १५ : ०६
पाँच दलीय सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।
भोलि बस्ने संसद बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको तयारी छ । तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएको छ । एमसीसीबारे एकीकृत समाजवादी पनि माओवादीकै लाइनमा उभिएको छ । यद्यपि उसले संस्थागत निर्णय भने गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण