गठबन्धनको निर्णायक बैठकअघि प्रचण्ड–माधव छलफलमा
बिहीबार, ०५ फागुन २०७८, १५ : ०६

पाँच दलीय सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।
भोलि बस्ने संसद बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको तयारी छ । तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएको छ । एमसीसीबारे एकीकृत समाजवादी पनि माओवादीकै लाइनमा उभिएको छ । यद्यपि उसले संस्थागत निर्णय भने गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित