आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार बिन्दुमा कारोबार मूल्य कायम गर्न चेम्बरको सुझाव

बिहीबार, ०५ फागुन २०७८, १७ : २५
बिहीबार, ०५ फागुन २०७८

नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग बिहीबार भएको भेटवार्ताका क्रममा चेम्बरले बस्तुहरुको आयत/निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।

भन्सारमा सन्दर्भ मूल्य कायम हुँदा मूल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्दर्भ मूल्यका कारण समग्र राजश्वमा नै असर गरेको तथा हुन्डी कारोबार मौलाएको बताए ।  बिल, बीजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाइ छ । उनले अनुगमन  प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन महानिर्देशक पौडेल समक्ष आग्रह गरे ।

भन्सार बिन्दुहरुमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि उनले आग्रह गरे । राजश्व चुहावट सम्वन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तिय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ ।

बैङिकङ प्रणालीमा ७ लाखभन्दा बढीको कारोबार गर्दा सवै विवरण पेश गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झन्झटिलो भएको अध्यक्ष मल्लले बताए । साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि  ५० लाख रुपैयाँसम्मको सिलिङलाई वृद्धि गरि २ करोड पुर्याउन समेत अध्यक्ष मल्लले आग्रह गरे । यो व्यवस्थाबाट थुप्रै साना व्यवसायीहरु करको दायरामा आउन प्रेरित हुने र अन्ततः यसले राजश्व वृद्धिमा नै सहयोग पुर्याउने अध्यक्ष मल्लको सुझाव छ  ।

महानिर्देशक पौडेलले व्यापार सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए । चेम्बरको सुझावप्रति सकारात्मक रहेको भन्दै उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिने सन्र्दभमा सरकार सकारात्मक रहेको बताए । व्यवसायिक सहजीकरणका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप