करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी
भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४।५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४।५ करोडको चेक दिएका छन् ।
करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रह्यो । यद्यपि, उनले ट्रफी भने उचाल्न पाएनन् । उनी शोमा सेकेण्ड रनरअप बनेका थिए । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पारेकी थिइन् । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उनीहरु मिल्ने गरेका थिए ।
‘बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाएका थिए । उनले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ दिएका थिए । अहिले उनीहरु प्रायः सँगै देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण