अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीन असन्तुष्ट
एमसीसीको विषयलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीनले असन्तुष्टी जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै असन्तुष्टि जनाएका हुन् ।
प्रवक्ता वाङले चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको भन्दै चीनको धारणा सोधेका थिए । पत्रकारहरुले सोधेको सो प्रश्नमा प्रवक्ता वाङले अमेरिकाको ‘दबाबपूर्ण कूटनीतिक’ भन्दै त्यसको विरोध गर्नुभएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
पत्रकार सम्मेलनमा वाङले भने, ‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहेन प्रतिबद्धता समेत जनाए ।
‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफैं विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’ वाङले पत्रकार सम्मेलनमा भने ।
केहीदिन अघि अमेरिकाले फेब्रुअरी २८ भित्र एमसीसी अनुमोदन गर्न नेपाललाई दबाब दिएको थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुलाई फोन गरेर एमसीसी अनुमोदन गर्न दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण