सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर
आइतबार, ०८ फागुन २०७८, १० : ४०
मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार दिएका थिए ।
मान रेको यो तस्बिरलाई उनको सबैभन्दा चर्चित कला मानिन्छ । आगामी मेमा गरिने लिलामीमा यसले ५० लाख देखि ७० लाख डलर रकम आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । लिलामीको इतिहासमा एउटै तस्बिरले पाएको यो सबैभन्दा धेरै रकम हुनेछ । सन् १ ८९० मा जन्मेका रेलाई ‘डाडा एन्ड सरियलियम’ अभियानका मुख्य सदस्य मानिन्छ ।
कलाकृतिहरू सङ्ग्रह गर्ने न्युयोर्कका एक जोडीले यो तस्बिर सन् १९६२ मा रेबाट पाएका थिए । उक्त तस्बिरसँगै उनीहरूको साथमा रहेका अन्य चित्रकला, तस्बिर, गहना आदि पनि लिलामी गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण