एमसीसी टेबल भएपछि माधव नेपालले भने– पास गर्न समर्थन हुँदैन
आइतबार, ०८ फागुन २०७८, १५ : ५२

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबल भएपछि पास गर्न आफूहरुको समर्थन नरहने बताएका छन् । आइतबार प्रतितिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका पास गर्ने पक्षमा नरहेको बताएका हुन् । नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’
यस्तै सो पार्टीमा सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् । ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउको फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर्नु लज्जास्पद विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा
-
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?