यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको हत्या
केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले झण्डै ३ महिना पछि हत्या अभियोगी पत्ता लगाएको हो । हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।
फागुन ५ गते पक्राउ गरिएका अभियुक्तसँग प्रहरीले सोधपुछ गर्दा निजले गत मङ्सिर १० गते आफूले मादक पदार्थ सेवन गरेको विषयमा पत्नी मनिकला लोनियासँग विवाद भएपछि निज माइती गएकाले आफूले त्यस दिन राति करिब ९ बजेतिर मृतक यशोदा लोनियाको घरमा गएको, मृतकसँग सहमतिमै एक पटक शारीरिक सम्पर्क गरी सँगै सुतेको, तर केही बेरपछि पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न लाग्दा भाउजूले इन्कार गरेपछि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण