शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘ड्रेस टु इम्प्रेस–४’ फेसन शोमा ४ विधालाई उपाधि

सोमबार, ०९ फागुन २०७८, १५ : ३२
सोमबार, ०९ फागुन २०७८

र्‍याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा ४ जनाले उपाधि जितेका छन् । काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न ४ विधामा उपाधि प्रदान गरेका हुन् । 
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी) द्वारा आयोजित डिजाइनर कन्टेस्ट प्रतियोगितामा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरीले माउन्टेनियरिङ उपाधि पाए ।

विजेता बनेका ४ जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाए ।

शोमा डिप्लोमा कोर्ष पूरा गरेका १४४ जना डिजाइनहरुले सहभागी जनाएका थिए । ति मध्य ४ जनाले फरक फरक बिधामा उपाधि जितेका हुन् ।
‘ड्रेस टु इम्प्रेस’ सिजन चारका लागि हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्राशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा बुटिक एशोसिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक रहेका थिए ।

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले आफ्नो कलेजका विद्यार्थीहरुका लागि चार वर्षअघि ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठाको प्रेक्षालयमा आयोजना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप