यो हो संसारकै ठूलो स्ट्रबेरी, राख्यो कीर्तिमान
इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए ।
यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो । त्यसपछि यसलाई फ्रोजन गरेर राखिएको थियो ।
‘यसको नतिजाका लागि १ वर्ष लाग्यो । हामीले यसलाई १ वर्षसम्म फ्रिजिङको रुपमा राख्यौ । यो हुनुुपर्ने जत्तिको लामो थिएन,’ एरियलले बताए ।
यो स्ट्रबेरीलाई स्थानीय भाषमा इलान भनिन्छ र यो ठूलो आकारमा बढ्ने गर्छ । यो ठूूलो आकारको फल एक वर्ष अगाडि जस्तो आकारको थियो, त्योभन्दा आधा भएको एरियलले बताए ।
यस अघि विश्वकै ठूलो स्ट्रबेरीको उपाधी सन् २०१५ मा जापानको फुकुुओकामा फलेको स्ट्रबेरीको नाममा थियो । उक्त स्ट्रबेरीको आकार २५० ग्राम थियो ।
यो समाचार पाएपछि आपूm नाचेको, बुुर्किसी मारेको, हासेको र गीत गाएको उनले बताएका छन् ।
‘गिनिज बुुक रेकर्डमा समावेश हुन पाउँदा हामी खुसी भएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण