भक्तपुरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ
काठमाडौँ । भक्तपुरको सानोठिमीबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकले सञ्चालन गरेको सानोठिमी स्थित ‘कल सेन्टर’मा काम गर्ने नेपाली कर्मचारी छन् ।
सानोठिमीमा ३ तले घर भाडामा लिएर सञ्चालन गरिएको कल सेन्टरमार्फत मिटर ब्याजमा भारतीयलाई लगानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । नेपाली कर्मचारीलाई चिनियाँ नागरिकले १५ देखी २० हजार तलब दिएर जागिर दिएका थिए । भक्तपुरको कल सेन्टरबाट प्रहरीले ४८ वटा ल्यापटप र १४ वटा कम्प्यूटर डेस्कटप बरामद गरेको छ ।
सोमबार साँझ काठमाडौँ प्रहरीले पुरानो बानेश्वरबाट १ चिनियाँ सहित ३७ जनालाई पक्राउ गरेको थियो ।
कसरी ब्याज लिन्थे ?
भारतमा बस्ने एजेन्टले एप्स मार्फत लोन फर्म भराउँथे । फर्म भर्दा मोबाइल नम्बर सहित व्यक्तिको विस्तृत विवरण भर्नुपर्छ । त्यसपछि ‘कल सेन्टर’ले एप्स मार्फत १ साताको लागी मिटर ब्याजमा पैसा लगानी गर्ने गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा ८ हजार लगानी गरेर १२ हजार भारतीय रुपैयाँ सम्म लिने गरेको खुल्न आएको डिएसपी पाण्डेले बताए । ‘पैसा इस्यू गर्दा नै एक सातालाई दिने गरेको थाहा भएको छ’ डिएसपी पाण्डे भन्छन्–‘अनि एक सातापछि उठाउँदा चर्को ब्याज लिने गरेको थाहा भएको छ ।’
एक हप्तामा लोन फिर्ता नगरेमा कल सेन्टरका कर्मचारीहरूले गाली गर्ने र मार्ने धम्की दिने गरेका थिए । चिनियाँ नागरिकको आदेश अनुसार कर्मचारीले फेसबुकमा लोन लिनेहरूको बेइज्जतीपूर्ण सामग्री पोष्ट गर्थे । सोसल साइट मार्फत सम्पर्क गरेर उनीहरूले रकमको ट्रान्जेक्सन कसरी गर्थे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण