बानेश्वरमा २४ सय प्रहरी परिचालन
एसपीको कमाण्डमा १४ जना डिएसपी फिल्डमा
बिहीबार, १२ फागुन २०७८, ११ : ४१
मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल हुँदै छ । संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ । प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।
महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनाली फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण