माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने
बिहीबार, १२ फागुन २०७८, १२ : १८

माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ ।
माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’
उनका अनुसार काँग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ ।
आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?