शंखमुलमा श्रीमती मृत फेला, श्रीमान् बेहोस
बिहीबार, १२ फागुन २०७८, १२ : ३६
काठमाडौं महानगरपालिका–३१ स्थित शंखमुलमा २९ वर्षीया सहारा गुरुङ मृत भेटिएकी छिन् । उनका पति ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले रातोपाटीलाई बताए । प्रकाशलाई उपचारका लागी बानेश्वरस्थित भेनस अस्पतालमा राखिएको छ । सहाराको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पति–पत्नी दुवैले डिप्रेशनको औषधि खाने गरेको खुलेको छ ।
शव प्रकृति हेर्दा सहाराको शव ३ दिन पुरानो हुनसक्ने बताइएको छ । परिवारले ढोका फुटाएर हेर्दा सहारा मृत अवस्थामा र प्रकाश उनीसँगै बेहोस अवस्थामा भेटिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण