टिकट र पासपोर्ट बिनै विमानमा शंकास्पद व्यक्ति पुगेको घटनामा नेपाल एयरलाइन्सको एक्सन
टिकट र पासपोर्ट बिनै विमानमा शंकास्पद व्यक्ति पुगेको घटनामा नेपाल एयरलाइन्सले एक्सन लिएको छ । फागुन ११ गते राति नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट दोहा जाने तयारीमा रहँदा एक युवक विमानभित्र अनधिकृत रुपमा प्रवेश गरेको फेला परेको थियो ।
यस सम्बन्धमा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमान्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ ।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्नको निम्ति निगमले नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबारसम्म प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति गठन गरेको उल्लेख छ ।
आगामी दिनमा यस किसिमका घटना पुनः दोहोरिन नदिनका निम्ति सम्बद्ध सबै पक्षसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता समेत निगमले गरेको छ। अनधिकृत रुपमा विमानमा पुग्ने युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण