आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लिङ्देनद्वारा विभाग प्रमुखको मनोनयन, क–कसले पाए जिम्मेवारी ?

बिहीबार, १२ फागुन २०७८, २१ : २९
बिहीबार, १२ फागुन २०७८

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गरेका छन् । लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् । 
यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल  सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् । 

यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र  दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप