कतारको कानुन उल्लंघन हुने काम नगर्न एनआरएनए कतारको अपील
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपील गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले अपील जारी गरेका हुन् ।
अपिलमा सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु सबैको कर्तव्य भएको र यदि यहाँ बसोबास गर्दा तथा कामकाजको सिलसिलामा कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु सबैको दायित्व भएको उल्लेख गरिएको छ ।
‘हाल केही दिनदेखि सामाजिक संजाल मार्फत नेपाली श्रमिकहरुद्वारा कतारको कानुन उल्लंघन हुने गरि गरिएका गतिबिधिहरु सार्बजनिक भएपछि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ध्यानाकर्षण भएको र यस्ता गतिविधिहरुले नेपाली समाज र नेपाली श्रम बजारमा समेत असर पर्ने र स्थानीय कानुनको पनि उल्लंघन हुने हुँदा सोका लागि सजायको भागिदार बन्नुपर्ने अवस्था आउने हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार हार्दिक अनुरोधका गर्दछ’, अपिलमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण