शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा ओली निवासमा

शुक्रबार, १३ फागुन २०७८, १८ : ४३
शुक्रबार, १३ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट  पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा बालकोट गएको छन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।  


सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटपछि देउवा ओलीसँग संवादमा जुटेका छन् । आज प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप