कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु
कालिकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् ।
पलाँता गाउँपालिकाको घाटा चौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर र्याफ्टिङ गरेर अध्ययन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए ।
कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत र्याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उनले बताए । “यहाँको पर्यटक प्रवद्र्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरेको छ”, उनले भने, “सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै नै कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्नेछौँ ।” उनले पचालझरना हेर्न आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताए ।
कर्णाली नदीमा र्याफ्टिङको सफल परीक्षण भएको र्याफ्टिङ पर्यटन व्यवसायी मनराज सिंम्खडाले बताए । “कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रुपमा चिनिएको छ । यसको उचाइ ३,८१ मिटर रहेको छ”, उनले भने, “नेपाल सरकारको ६४औँ र कर्णाली प्रदेश सरकारको ४० औँ पर्यटकीय गन्तव्यकोे सूचीमा यसलाई राखिएको छ ।”
गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचालझरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचालझरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् । पचालझरनामा पर्यटक भित्रियाउनका लागि पूर्वाधार निर्माणका काम जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण