नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्व
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी)बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने भएको छ ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइकामार्फत बैंक वित्तीय संस्था तथा गैरबैंकिङ्ग संस्थाले ग्राहकलाई थप सेवा प्रदान गर्न सक्छन् । त्यसैगरी, दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइए एनसीएचएलले जानकारी दिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक/वित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ संस्था आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण