शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्धारामा सार्वजनिक सवारी तोडफोड

सोमबार, १६ फागुन २०७८, १० : २०
सोमबार, १६ फागुन २०७८

बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । नेपाल बन्द आयोजना  गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप