रियलमीले ‘जिटी २’ सिरिज ल्याउने
रियलमीले मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०२२ मा ‘रियलमी जिटी २’ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरूमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्वारा सञ्चालित स्मार्टफोनमध्ये एक हो । ‘रियलमी जिटी २ प्रो’ युरोपको बजारमा स्नापड्रागन ८ जेन १ युक्त पहिलो स्मार्टफोन हुने कम्पनीले दाबी गरेको छ ।
प्रिमियम फ्ल्यागसीप लाइनअपको रूपमा रियलमीले विश्वभरका प्रयोगकर्ताहरूका लागि प्रविधिहरू ल्याउने, बजार प्रवेश गर्ने र नवीनतम्‌ उच्च प्राविधिक अग्रपङ्क्तिमा रहने लक्ष्य राखेको छ । रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काइ लीले विश्वभरका प्रयोगकर्ताहरूलाई नयाँ र रोमाञ्चक कुराहरू प्रदान गर्न रियलमी जिटी २ प्रो ले सबै पक्षलाई उच्चस्तरमा ल्याएको बताए ।
रियलमी भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव शेठले रियलमी जिटी २ सिरिजले नवप्रवर्तनको अग्रपङ्क्तिमा रहने दृष्टिकोणलाई मूर्तरूप दिने बताए । आफ्ना प्रयोगकर्ताहरूलाई प्रिमियम ब्रान्डका अनुभव प्रदान गर्ने शिलशिलामा प्रविधिको नवीनतामा घोषणाले गो–प्रिमियम रणनीतिलाई प्रतिनिधित्व गर्ने उनको दाबी छ ।
‘रियलमी जिटी २ प्रो’ मा बायोपोलिमर ब्याक कभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र ईनोभेसन फरवार्ड कम्युनिकेशनजस्ता विशेषताहरू समावेश भएको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण