बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्पोरेट बीच क्रिकेट’ विजेता बन्यो माछापुच्छ्रे बैंक

सोमबार, १६ फागुन २०७८, २१ : १५
सोमबार, १६ फागुन २०७८

एन इभेन्टले आयोजना गरेको ‘कर्पोरेट बीच क्रिकेट २०७८’ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । कर्पोरेट बीच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले पराजित गरेको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रेले सनराइजलाई २६ रनमै अलआउट गर्‍यो ।​

त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न प्रतियोगितामा ८ कर्पोरेट टिम सहभागी थिए । ​नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्ति विकासमा ध्यान दिँदै आएको जनाएको छ । 

बैंकले देशभर १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत कारोबार गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप