‘कर्पोरेट बीच क्रिकेट’ विजेता बन्यो माछापुच्छ्रे बैंक
सोमबार, १६ फागुन २०७८, २१ : १५
एन इभेन्टले आयोजना गरेको ‘कर्पोरेट बीच क्रिकेट २०७८’ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । कर्पोरेट बीच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले पराजित गरेको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रेले सनराइजलाई २६ रनमै अलआउट गर्यो ।
त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न प्रतियोगितामा ८ कर्पोरेट टिम सहभागी थिए । नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्ति विकासमा ध्यान दिँदै आएको जनाएको छ ।
बैंकले देशभर १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत कारोबार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण