‘नीतिगत सहजीकरण गरे धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ’ : ढकाल
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्‌ । नेपाल सिमेन्ट उत्पादक संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले २० वर्ष पहिले नेपाल सरकारले सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न बनाएको नीति-नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको उल्लेख गरेका हुन्‌ ।
उनले सिमेन्ट उद्योग जस्तै अन्य व्यवसायलाई पनि सहजीकरण गर्न सरकारी नीति नियमहरू समयानुकूल परिमार्जित गर्न आवश्यक रहेको औंल्याए । ढकालले भने, ‘हामीले हाम्रा नीति नियमहरू समयानुकूल परिमार्जन र परिस्कृत गर्न आवश्यक छ । २० वर्ष पहिला नेपाल सरकारले सिमेन्ट व्यवसायीहरूलाई नीतिगतरूपमा गरेको सानो सहयोगले अहिले हाम्रो सिमेन्ट उद्योग आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौं ।’
ढकालले नेपाल सरकारका तर्फबाट सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न नीतिगतरूपमा थप सहजीकरण गर्न सके सिमेन्ट निर्यातको सम्भावना धेरै रहेको समेत बताए । अहिले आयात प्रतिस्थापन र भुक्तानी सन्तुलन कायम गर्न पनि तदअनुरुपका नीति नियम जरुरी रहेको उनकाे भनाइ छ । कम लागतमा काम गर्ने प्रचलनका कारण गुणस्तरमा सम्झौता हुने गरेकाले अब गुणस्तरमा वृद्धि गर्न जरुरी रहेको पनि ढकालले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण