पूँजीबजारबारे छलफल गर्दै अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पूँजी बजारबारे छलफल कार्यक्रम आयोजना गरेका छन् । पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् ।
छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पनि अर्थमन्त्री शर्माले मन्त्रालयमा डाकेका छन् ।
पूँजी निर्माण कसरी गर्ने, लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्ने, आयोजनाहरूमा पूँजी बजारलाई कसरी संलग्न गराउने भन्नेमा आफू केन्द्रित रहेको उनले बताए । सेबोन र नेप्सेका प्रमुखहरुलाई पनि अर्थमन्त्रीले सुझाव दिएका छन् । नेप्से र सेबोनबीच आपसी तालमेल मिलाउन निर्देशन दिँदै उनले समस्या हटाउन पनि निर्देश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण