बाँकेमा विभिन्न हातहतियारसहित ३ जना पक्राउ
बुधबार, १८ फागुन २०७८, १३ : ५७
प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
उनीहरुको साथबाट मेड इन युएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्यागाजिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगन्जबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हातहतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण