कारागारभित्र बिचौलिया सक्रिय : मुख्य न्यायाधीश श्रेष्ठ
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कारागारभित्र पनि मुद्दा मिलाउने भन्दै विचौलिया सक्रिय रहेको बताएका छन् । उनले त्यस्ता विचौलियाबाट सचेत रहन मोरङ कारागारका कैदीबन्दीलाई सुझाब दिए । कारागारभित्र तीन दिनसम्म संचालन हुने न्यायिक शिविरको आज उद्घाटन गर्दै न्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।
‘न्याय सम्पादनको क्रममा मुद्दा मिलाउने र जिताउने भन्दै विचौलियाहरु सक्रिय भएको देखिएको छ,’ श्रेष्ठले भने, ‘कुनै मुद्दामा प्रतिवादीले जित्नेछन् । भने त्यस्ता मुद्दा जितिहाले भने मैले न्यायाधीश मिलाएको कारणले जितेको हो भन्दै हिँड्ने विचौलिया अहिले कारागारमा पनि देखिएको छ । त्यसैले यस्तो चक्करमा नलाग्न आग्रह गर्दछु ।’
सेवाग्राहीहरु विचौलियाको प्रभावमा पर्न नपरोस् भनेर अदालत परिसरमा यसअघि विचौलिया प्रवेशमा निषेध गर्न टोकन प्रणाली लगाएको थियो । अदालतप्रतिको आस्था र विश्वासमा वृद्धि गर्ने उद्देश्य आफूमा रहेको भन्दै उनले विपन्न र असहायका लागि निःशुल्क कानुनी सहायता केन्द्रको स्थापना, विचौलिया नियन्त्रणका लागि प्रवेश पास प्रणाली, समुदायमा अदालत कार्यक्रम सञ्चालन र कारागारमा न्यायिक शिविर सञ्चालन गरेको उनले बताए ।
तीनदिनसम्म संचालन हुने न्यायिक शिविरमा कैदीबन्दीलेहरुले गुनासो र समस्या राख्नेछन् । कैदीबन्दीहरुको गुनासो र समस्या टिप्न मोरङ अदालत र उच्च अदालत विराटनगरका ४ जना कर्मचारी विहान ११ देखि तीन बजेसम्म तीनदिन कारागारमा रहने उच्च अदालत विराटनगरका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए । कैदीबन्दीहरुले गुनासो र समस्या संकलन गरेपछि सकेसम्म समाधानको प्रयास गर्ने उद्देश्यले न्यायिक शिविरको आयोजना गरिएको न्यायाधीश श्रेष्ठले बताए । मोरङ कारागारमा सुरु गरिएको न्यायिक शिविर अहिलेसम्मकै पहिलो हो ।
मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी रहेका छन् । कारागारका कैदीबन्दीको लागि मुद्दा प्रक्रियाको अवस्था, अहिले नयाँ आएको कानुनको विषयमा कारागारभित्र आएको न्यायिक शिविर प्रभावकारी हुने कैदीबन्दीको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण