सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठ हत्या प्रकरण : लागुऔषधको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ

बिहीबार, १९ फागुन २०७८, १० : ४४
बिहीबार, १९ फागुन २०७८

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए । टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट करिब ३ किलोमिटर पर उनी मृत फेला परेका हुन् ।

लागु औषधको विषयमा झगडा हुँदा याकु चौधरी र करण पासवान मिलेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई ‘लागु औषध ल्याइदिन्छु’ भनेर मानबहादुरले पैसा लगेका थिए । धेरै दिनसम्म लागु औषध नल्याएको र पैसा पनि फिर्ता नदिएको विषयमा उनीहरुबीच विवाद भएको छ । मृतकको टाउकोमा चोट देखिएको छ । हत्यापछि आरोपीहरु रिह्याव सेन्टरमा गएर लुकेर बसेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप