‘२ नम्बरी’ मा अटाउलान् त पल शाह ?
दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ । पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्म अहिले आएर फेरि सुरु हुन लागेको हो । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने निर्माता करिण नेपालीले बताए ।
काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायांकन लोकेसन र केही कलाकार भने फेरिने भएका छन् ।
फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको र कलाकार पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेकोले निर्माण युनिटले केही कलाकार परिवर्तन गर्न लागेको हो । निर्माता किरण नेपालीले स्वर्गीय कलाकार
जयनन्द लामाको ठाउँमा अर्काे कलाकार राखिने भएपनि पलको विषयमा केही निर्णय नभएको बताए । ‘पल शाहमाथि आरोप लागेको हो । प्रमाणित भएको छैन’ किरणले भने ‘केही दिनपछि उनको बिषयमा हुने कानुनी फैसला अनुसार हामी उनी रहने नरहने निर्णय गर्नेछौँ ।’ फिल्ममा पल परिवर्तन हुन सक्ने किरणले सुनाए ।
फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ । निर्देशक लामाकै कथा रहेको फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली हुन्, भने प्रस्तुतकर्तामा किरण नेपाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण