इलाममा घाइते चितुवाको उद्धार
बिहीबार, १९ फागुन २०७८, १५ : ५५

इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो ।
एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो ।
घाइते चितुवाको उपचार, पुनःस्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए । उनका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको बताइएको छ । मानिसले नै घाइते बनाएको वा अन्य वन्यजन्तुले घाइते बनाएको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण