पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ
बिहीबार, १९ फागुन २०७८, १७ : ४८
पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।
उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका–१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण