विगतका त्रुटि दोहोर्याउँदैन : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । बिहीबार राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।
सो अवसरमा राप्रपा नेपालले कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह(महासचिव तेज कार्की र समीर थापा, सचिव सरोज तिमल्सिना,अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह छन् भने सह(सचिवमा विशाल राउत, सम्पदा अधिकारी र सन्दीप खड्का रहेका छन् । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण