बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

करापुटारको ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

बिहीबार, १९ फागुन २०७८, २१ : ४४
बिहीबार, १९ फागुन २०७८

मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै १ सय ८ धारा निर्माण गरिएको छ ।  मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको हो । समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको महाशिवरात्रिदेखि धारा संचालनमा आएको हो ।

मध्यनेपाल नगरपालिका र स्थानीयवासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमान–श्रीमती नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले  १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् । आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप