करापुटारको ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण
मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै १ सय ८ धारा निर्माण गरिएको छ । मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको हो । समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको महाशिवरात्रिदेखि धारा संचालनमा आएको हो ।
मध्यनेपाल नगरपालिका र स्थानीयवासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।
शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमान–श्रीमती नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् । आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण