हवाईका किसानले फलाए ५० पाउन्डको कर्कलो
अमेरिकाको हवाईका किसानले ५० पाउन्डको कर्कलो फलाएका छन् । उक्त कर्कलोले सम्भवतः विश्व रेकर्ड राख्ने भएको छ । हवाईमा बस्दै आएका क्लेरेन्स मेडेइरोसले ५० वर्षदेखि कर्कलोको खेती गर्दैै आएका छन् । यसलाई स्थानीय भाषामा कालो भनिन्छ । उनले आफ्नो जग्गामा बारम्बार ठूलो आकारको कर्कलो फलाउने गरेको बताएका छन् । गत सिजनमा पनि उनले ३३ पाउन्डको कर्कलो फलाएका थिए ।
मेडोइरोसले आफु र उनकी श्रीमती नेलीले गत साता फलाएको कालोको गोलाइ २७ इन्चको थियो । ‘मलाई लागेको थियो कि यो २५ पाउन्डको मात्रै हुन्छ । मैले थोरै अनुमान लगाए,’ उनले केएचएनएल–टिभीलाई बताए ।
५० पाउन्डको कर्कलो विश्व रेकर्डको हुन सक्ने मडोइरोसले बताए । ‘जब यसलाई मापनका लागि राखियो, यो ५० पाउन्डको थियो । हामी हेरेको हेर्यै भयौं,’ उनको भनाई थियो । यो त्यति ठूलो होला जस्तो पनि आफुलाई नलागेको उनले बताए ।
हवाई उलु कोअपरेटिभका अधिकारीहरु कर्कलो जोख्दाको समयमा साक्षी बसेका थिए । यसले गिनिज वर्ल्ड रेकर्ड राख्न सक्ने उनीहरुले बताए । ‘मैले वर्षौसम्म कर्कलो हेरे, तर यत्तिको ठूलो भने देखेको थिइन । त्यसैले यो अचम्म लाग्दो छ,’ कोअपरेटिभका होलोकाइ ब्राउनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण