बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु

शुक्रबार, २० फागुन २०७८, १७ : १९
शुक्रबार, २० फागुन २०७८

तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।  तनहुँको ब्यास नगरपालिका–१ मौरीयाटार बस्ने ६८ वर्षीय ओमबहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।  घर नजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

रोल्पाको गंगादेव गाउँपालिका–७ धपरी बस्ने ३० वर्षीय टिकाराम वलीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।  रोल्पा नगरपालिका–७ निम्रीस्थित वेभ सर्भर जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल रेउघातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । 

मोरङको मिक्लाजुङ्ग गाउँपालिका–८ बस्ने २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।  मिक्लाजुङ्ग गाउँपालिका–२ र इलाम चुलाचुली गाउँपालिका–६ को सिमानास्थित नुनसरी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी अशक्त बनेका थिए । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप