कस्तो छ वनस्पतिमा आधारित कोरोनाविरुद्धको पहिलो खोप ?
विश्वमा कोरोनाको संक्रमण रोक्न विभिन्न प्रकारका खोपको प्रयोग भइरहेका छन् । यही बाटो पछ्याउँदै क्यानडा सरकारले विश्वकै पहिलो वनस्पतिमा आधारित खोप स्वीकृत गरेको छ। यसको नाम 'कोभिफेन्ज' हो। यसको विकास क्यानाडाको क्युबेक शहरमा भएको छ।
कोभिफेन्ज खोप क्यानाडामा बनाइएको पहिलो कोरोना खोप हो। यो क्युबेक सिटीमा आधारित मित्सुबिशी केमिकल र फिलिप मोरिसको स्वामित्वमा रहेको बायोफार्मा कम्पनीहरू मेडिकागो र ग्लाक्सो स्मिथक्लाइनद्वारा निर्माण गरिएको हो। यससँगै यो विश्वकै पहिलो कोरोना खोप बनेको छ जुन खोप बिरुवामा आधारित प्रोटिनबाट तयार पारिएको हो।
हाल, क्यानाडामा यो १८ देखि ६४ वर्षका मानिसहरूमा यो खोप लगाइनेछ। सरकारका अनुसार खोपले १८ वर्षमुनिका र ६४ वर्षभन्दा माथिका मानिसमा पार्ने प्रभावबारे पत्ता लगाउन अनुसन्धान चलिरहेको छ । खोप दुई मात्रा दिइनेछ । दोस्रो मात्रा पहिलो मात्रा दिइएको २१ दिनपछि दिइनेछ।
१८ देखि ६४ वर्षका मानिसहरूमा कोभिफेन्ज खोप कोरोनाका सबै प्रकारका विरुद्ध ७१ प्रतिशत प्रभावकारी भएको पाइएको छ। साथै, यो खतरनाक डेल्टा भेरिएन्ट विरुद्ध ७५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण