बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सामसुङद्वारा आफ्नो फोन र चिप्स रूसमा बेच्न बन्द

शनिबार, २१ फागुन २०७८, ०८ : ४२
शनिबार, २१ फागुन २०७८

वर्तमान भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्नो फोन र चिप्स बेच्न बन्द गरेको छ । कम्पनीले भनेको छ, 'यो जटिल परिस्थितिमा नजर राख्नेछ र त्यसपछि मात्र थप निर्णय लिइनेछ।'

दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। रुसमा यसपछि सबैभन्दा बढी चीनको सियाओमी र अमेरिकाको एप्पलको स्मार्टफोन बिक्री हुन्छ । कम्पनीले युक्रेनमा मानवीय उद्धार कार्यमा ६० लाख अमेरिकी डलर सहयोग गर्ने पनि जनाएको छ । यसमा इलेक्ट्रोनिक उपकरणका साथै कर्मचारीहरूबाट जम्मा गरिएको पैसा पनि समावेश हुनेछ।

यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री वितरण रोकेको थियो । हर्मीस, केरिङ र सनेल जस्ता विलासी सामान बनाउने थुप्रै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्नो पसल बन्द गरेका छन्। यसैगरी कार्ल्सबर्ग बियर बनाउने डेनिस कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप