सामसुङद्वारा आफ्नो फोन र चिप्स रूसमा बेच्न बन्द
वर्तमान भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्नो फोन र चिप्स बेच्न बन्द गरेको छ । कम्पनीले भनेको छ, 'यो जटिल परिस्थितिमा नजर राख्नेछ र त्यसपछि मात्र थप निर्णय लिइनेछ।'
दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। रुसमा यसपछि सबैभन्दा बढी चीनको सियाओमी र अमेरिकाको एप्पलको स्मार्टफोन बिक्री हुन्छ । कम्पनीले युक्रेनमा मानवीय उद्धार कार्यमा ६० लाख अमेरिकी डलर सहयोग गर्ने पनि जनाएको छ । यसमा इलेक्ट्रोनिक उपकरणका साथै कर्मचारीहरूबाट जम्मा गरिएको पैसा पनि समावेश हुनेछ।
यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री वितरण रोकेको थियो । हर्मीस, केरिङ र सनेल जस्ता विलासी सामान बनाउने थुप्रै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्नो पसल बन्द गरेका छन्। यसैगरी कार्ल्सबर्ग बियर बनाउने डेनिस कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण