सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

शनिबार, २१ फागुन २०७८, १० : ०४
शनिबार, २१ फागुन २०७८

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।

गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप