पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग
व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी भाडा समायोजना गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन भित्र आफ्नो माग पुरा गर्न सरकारलाई दबाब समेत दिएका छन् ।
यसअघि पनि पटक–पटक भाडा समायोजन गर्न माग गरेपनि सरकारले सुनुवाई नगरेको उनीहरूको भनाइ छ । त्यसैले सरकारले यसपटक आफ्नो माग जुनसुकै हालतमा सुनुवाइ गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
पछिल्लो समय निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्दै निगमले यसअघि प्रतिशतमा दिँदै आएको कमिशन कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि व्यवसायीहरू पेट्रोलियम पदार्थ खरिद बन्दै गरेर आन्दोलनमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण